Tuesday, June 28, 2011

यो छहारी हिजो भन्दा आज न्यानो लाग्न थाल्यो


यो छहारी हिजो भन्दा आज न्यानो लाग्न थाल्यो
तिम्रो मेरो सम्बन्धले नया साइनो गास्न थाल्यो
कहा कहिले सुरु भयो परिचय हामी बिचमा
जिन्दगीको यो यात्राले गति फेरी मोड्न थाल्यो
लाग्थ्यो कतै रहरहरु अधुरो नै रहन्छ कि
पुरा हुने भयो अब तिम्रो साथमा हास्न थाल्यो
समाजको बाधा अड्चन काडा बनि घोच्थे ति दिन
हड्दै गयो तिम्रो साथले जरै त्यसको फोड्न थाल्यो

No comments:

Post a Comment