Tuesday, June 28, 2011

आँसु झार्यौ तिमिले


बिदाइमा आँसु झार्यौ तिमिले ।।
फेरी किन माया मार्यौ तिमिले ।।
कुमारीत्व भंग गरी सकेसी
अर्कैतिर दृष्टी सार्यौ तिमिले ।।
फुल जस्तै नम्र मेरॊ शरिर
मुसारेर नङ्ग्रा दार्यौ तिमिले ।।
मिलनकॊ घडी जुर्छ भनेर
धेरै तिथी मिति टार्यौ तिमिले।।
श्यामबर्ण भनि घृणा गरेर
किन आज एक्लै पार्यौ तिमिले ।।

यो छहारी हिजो भन्दा आज न्यानो लाग्न थाल्यो


यो छहारी हिजो भन्दा आज न्यानो लाग्न थाल्यो
तिम्रो मेरो सम्बन्धले नया साइनो गास्न थाल्यो
कहा कहिले सुरु भयो परिचय हामी बिचमा
जिन्दगीको यो यात्राले गति फेरी मोड्न थाल्यो
लाग्थ्यो कतै रहरहरु अधुरो नै रहन्छ कि
पुरा हुने भयो अब तिम्रो साथमा हास्न थाल्यो
समाजको बाधा अड्चन काडा बनि घोच्थे ति दिन
हड्दै गयो तिम्रो साथले जरै त्यसको फोड्न थाल्यो

अच्चानो भए म तिमिले सिउदो भरेको दिन


अच्चानो भए म , तिमिले सिउदो भरेको दिन
हाँगाको मन कती रोयो मनको फूल झरेको दिन
तिमीले त ज्यानै लियौ माया गर्छु भनी भनी
छाँगा बाट खसे म तीमी पराई डोली चढेको दिन
बिश्बाशघातको पैरो बिच परेको यो दिल मेरो
भत्कीए म चारैतीर तीमीले बसाँई सरेको दिन
आँखा भरि अध्यारो छ जुनेली ले पोल्यो मलाई
तिमीले त खुसि थप्यौ मेरो चीता जलेको दिन